ad ad

कला


बोर्ड अध्यक्षका लागि दिनेश, करिश्मा र अर्जुनकुमारसहित ६ जनाले दिए आवेदन

बोर्ड अध्यक्षका लागि दिनेश, करिश्मा र अर्जुनकुमारसहित ६ जनाले दिए आवेदन

करिश्मा मानन्धर र दिनेश डिसी


नेपालखबर
साउन ३१, २०८१ बिहिबार ११:३०, काठमाडौँ

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन्।

आवेदन दिने अन्तिम दिन बुधबारसम्म ६ जनाले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव राजेशकुमार थापाले जानकारी दिए।

उनका अनुसार फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्ड सदस्य अर्जुनकुमार डंगोल, निर्देशक दीपा पाण्डे बस्नेत र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका हुन्।

‘६ जनाको आवेदन आएको छ। आवेदन मिति सकिएकाले अब उहाँहरूबाटनै एकजना अध्यक्ष हुनुहुनेछ’, उनले भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो।

थापाका अनुसार आवेदन दिने मिति सकिएकाले अब कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिनेछ। 

त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ।

यसअघि बोर्डको अध्यक्ष अभिनेता तथा निर्माता भुवन केसी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .