ad ad

कला


‘देववाणी’ मंसिर ७ गते रिलिज हुने

‘देववाणी’ मंसिर ७ गते रिलिज हुने

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १३:४८, काठमाडौँ

बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ आगामी मंसिर ७ गते रिलिज हुने भएको छ।

निर्माण पक्षले बिहीबार पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। 

पोस्टरमा अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन्। उनीहरूलाई रोमान्टिक मुडमा देखाइएको छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनील थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ।

फिल्मको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा गरिएको हो। निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको फिल्मलाई हरिबहादुर घलेले खिचेका हुन्।

फिल्ममा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन्।

फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन्। यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .