ad ad

कला


'अब हाँस्छ युरोप' कार्यक्रम पोल्यान्डबाट सुरु हुने

'अब हाँस्छ युरोप' कार्यक्रम पोल्यान्डबाट सुरु हुने

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १७:१३, काठमाडौँ

नयाँ पुस्ताका लोकप्रिय हास्य कलाकारहरूले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई हँसाउने भएका छन्।

मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा ‘अब हाँस्छ युरोप’ कार्यक्रमको आयोजना हुन लागेको हो।

हास्य कलाकारहरू भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले कार्यक्रममा आफ्ना प्रस्तुति दिनेछन्। उनीहरू चर्चित हास्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ सँग आबद्ध छन्।

आयोजकका अनुसार कलाकारको युरोपमा हँसाउने यात्रा अगस्ट ३१ तारिखदेखि पोल्यान्डको तेस्रो ठूलो सहर उचबाट प्रारम्भ हुनेछ । 

पोल्यान्डमा हुने कार्यक्रमको व्यवस्थापन एनआरएनए क्षेत्रीय समिति उचले गरिरहेको छ। कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए आइसीसी सदस्यसमेत रहेका पोल्यान्डका नेपाली व्यवसायी भीमबहादुर खड्काका अनुसार कार्यक्रम उचस्थित होटल रुबिनमा साँझ ७ बजेबाट हुनेछ।

खड्काका अनुसार पोल्यान्डमा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने यस कार्यक्रममा ५ सय बढीको उपस्थिति रहने अपेक्षाअनुसार तयारी भइरहेको छ।

एक महिना बढी चल्ने युरोप यात्राका लागि पोल्यान्ड, बेल्जियम, फिनल्यान्ड, माल्टा, स्पेन, पोर्चुगल, नर्वे, डेनमार्क लगायतका १ दर्जनभन्दा बढी स्थानमा कार्यक्रमको आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .