ad ad

खेल


दशरथ रंगशालाको मैदान स्तरोन्नतिका लागि राखेप र एन्फाबीच छलफल

दशरथ रंगशालाको मैदान स्तरोन्नतिका लागि राखेप र एन्फाबीच छलफल

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १७:१४, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)  का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ।

मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायतका विषयमा दुई पक्षबीच प्रारम्भिक छलफल भएको हो।

एन्फा अध्यक्ष नेम्वाङसँगको भेटमा राखेप सदस्य सचिव घिसिङले मैदानको स्तरोन्नतिका बारेमा चासो राख्दै दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिएका थिए।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ? कति बजेट लाग्छ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने, ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला।’

सदस्य सचिव घिसिङले थपे, ‘राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ। बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन।’

अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .