ad ad

कला


अगस्ट २४ मा जर्मनीमा गुन्जिँदै ‘१९७४ एडी ब्यान्ड’

अगस्ट २४ मा जर्मनीमा गुन्जिँदै ‘१९७४ एडी ब्यान्ड’

नेपालखबर
भदौ २, २०८१ आइतबार १२:१८, काठमाडौँ

चर्चित साँगीतिक ‘१९७४ एडी ब्यान्ड’ जर्मनीमा गुञ्जिने भएको छ। २४ अगस्टमा जर्मनीको स्टुगार्टमा ब्यान्डले पहिलो कन्सर्ट गर्न लागेको ब्यान्डका व्यवस्थापक अनुज कार्की जानकारी दिए।

३०औँ वर्षगाँठको अवसर पारेर विश्वयात्रा गरिरहेको ब्यान्डले यसअघि मे र जुन महिनामा अमेरिकाका आधा दर्जन सहर र जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो सहरमा कन्सर्ट सम्पन्न गरिसकेको छ।

जर्मनीको टुरपश्चात् ४ देखि २१ सेप्टेम्बरसम्म अस्ट्रेलियाका सात सहर यात्राको तयारी पनि भइसकेको ब्यान्डले जनाएको छ। 

जसअनुसार सेप्टेम्बर ४ मा ब्रिसबेन, ८ मा पर्थ, ९ मा मेलबर्न, १२ मा एडिलेड, १४ मा होबर्ट, १९ मा क्यानबेरा, र २१ मा सिड्नीमा कार्यक्रम हुने छन्।

सन् २०१९ मा रियुनियन भएलगत्तै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि कोरोना महामारीका कारण रोकिएको यात्रालाई ३०औँ वर्षगाँठको अवसरमा र विश्वभरका फ्यानसम्म पुर्‍याउन पाउँदा खुसी लागेको ब्यान्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठले बताए।

उनका अनुसार ब्यान्ड पुरानै लाइनअपमा अमेरिका लगभग २२ वर्षपछि पुगेको थियो। ३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले सँगै आफ्ना पुराना र नयाँ सबै फ्यानसँग एकैपल्ट जोडिन पाउँदा भिन्न अनुभव भएको ब्यान्डका संस्थापक तथा बेशिष्ट निराकार याकथुङ्बाले बताए।

३०औँ वर्ष पुगेकै अवसरमा ब्यान्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडिओ पनि बनाएको थियो। आर्टमान्डुसँगको सहकार्यमा बनाइएको उक्त भिडिओ ब्यान्ड आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .