ad ad

कला


‘एक्टर: टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच अवतार

‘एक्टर: टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच अवतार

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १४:३९, काठमाडौँ

फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का छन्। 

पोस्टरमा प्रदीपका पाँच अवतार प्रस्तुत गरिएको छ।

घाइते, नेपाली पोसाक, पाइलटको भेष, लामो कपालमा क्याजुअल ड्रेससहित हल्का जाडोमा स्वेटर लगाएका पाँच लुक्समा प्रदीप फिचर्ड छन्।

यीमध्ये टाउका र अनुहारभरि चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ। जसमा उनको टाउकोमा ब्यान्डेज र हातमा देखिन्छ। जुन हात उनले काँधमा झुन्ड्याएका छन्।

उभिनलाई वैशाखीको सहारा लिएका छन्। जसले उनी ठूलै दुर्घटना वा कुनै आक्रमणमा परेको संकेत गर्छ। यीमध्ये कुन लुकको क्यारेक्टरले फिल्ममा प्राथमिकता पाएको छ, त्यो भने प्रस्ट छैन।

कात्तिक १५ गते रिलिज हुने फिल्ममा प्रदीपसँगै डेब्यु अभिनेत्री दिव्या रायमाझी मुख्य भूमिकामा छन्। राजन भुसालको निर्देशनमा रहेको फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे, बादल भट्ट, प्रदीपकुमार चौधरी (पीके), देवेन्द्र नेपाललगायतले अभिनय गरेका छन्। राज बल्लभको यो कमब्याक फिल्म हो।

अभिनेता खड्काले पहिलोपटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्। थमन कुमारी भण्डारी फिल्मका निर्माता हुन्। पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन्। अदृत फिल्मस् र मोती फिल्मस्‌को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

फिल्मका लेखक आकाश बराल र राजन भुसाल हुन्। शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको फिल्ममा अष्टम महर्जनको द्वन्द्व छ।  मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको फिल्ममा सहनिर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की छन्।

फिल्ममा निमेश श्रेष्ठले सम्पादन रहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .