ad ad

कला


दिवाकरको ‘नरसिंहाः अवतार’ मा राज कटुवालको इन्ट्री

दिवाकरको ‘नरसिंहाः अवतार’ मा राज कटुवालको इन्ट्री

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १५:७, काठमाडौँ

फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेता राज कटुवाल पनि अनुबन्धित भएका छन्। कटुवाल र निर्माण टिमबीच शुक्रबार कागती सम्झौता भएको हो। उनी फिल्ममा जोडिएसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ।

निर्माणपक्षले यो फिल्ममा यी सबै जना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा खुलाएको छैन।एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य कलाकारहरु फाइनल भइसकेका छन्।

दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको आठ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् ।

फिल्मको एक मुख्य पात्रमा राजलाई अनुबन्धित गराएसँगै निर्देशक भट्टराईले यस फिल्मबाट एक एउटा राम्रो नायकको जन्म हुने आशा व्यक्त गरे।

कटुवालले यो फिल्ममा जोडिन पाउँदा अत्यन्तै खुसी रहेको व्यक्त गरे।

उनले भने‘आफूले काम गर्दै आएको क्षेत्रमा कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो। निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको छ। फिल्मकालागि गर्नु भएको विश्वास मैले पुरा गर्ने छु।’

क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन्।

 उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए। तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन्।

भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .