गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा रचनामा नयाँ डान्सिङ गीत ‘डिस्को पार्टी’ सार्वजनिक भएको छ। प्रस्तुत गीतमा चर्चित गायक प्रमोद खरेल र मीरादेवी राईको संयुक्त स्वर सुन्न सकिन्छ।
गायिका तथा रचनाकार मीराको शब्द रचनामा यस अघि पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिन्त सफल भैसकेकी छिन्। उनको अत्यन्त चर्चित गीत ‘ठमेलको बजारमा’ हो। राजेश पायल राई र मिरादेवीकै सुमधुर स्वरमा सजिएको उक्त गीतलाई अहिलेसम्म ५ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन्।
मीराको शब्दमा अन्य कलाकारहरुद्वारा स्वरवद्ध गीतहरु धेरै बजारमा आइसकेका छन् र आउने क्रमममा पनि रहेका छन्। परदेशीको जीवन कथाको पेरिफेरीमा आधुनिक गीत, त्यसैगरी माया प्रेमका भाव समावेश केही पूर्वैली गीतमा पनि मीराले कलम चलाइसकेकी छिन्।
नबिन कार्कीद्वारा संगीतबद्ध ‘डिस्को पार्टी’ बोलको गीतको म्युजिक भिडियोमा प्रेम, आयुष्मा र ममताको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन प्रेम भारतीले गरेका हुन् भने छायांकन नरेश आयर र मिन रावलले सम्पादन गरेका छन्।
प्रतिक्रिया