चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको ९ औँ दिनमा यस गीतलाई एक करोड बढी पटक हेरिएको हो।
यसअघि गीतले २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड कायम गरेको थियो। सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको गीतलाई १ दिनमै १५ लाख बढी भ्युज मिलेको थियो।
‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। तीजमा माइत जान नपाएको कुरा समेटिएको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।
एक दिनमा सर्वाधिक हेरिने गीत बनेपनि यस गीतले प्रकाश सपुतको गीत ‘सकम्बरी’ को रेकर्ड भने तोड्न सकेन। किनकी ‘सकम्बरी’ ले सार्वजनिक भएको एकसातामै करोडभन्दा बढी पटक हेरिएको थियो।
यद्यपी विष्णुले आफ्नो पुरानो गीतको रेकर्ड भने तोडिन्।
तीनवर्षअघि सर्वाधिक चर्चित गीत ‘चरी जेलैमा’ गीतलाई १३ दिनमा एक करोड भ्युज पाएको थियो।
Shares
प्रतिक्रिया