तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंहले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईसँग भेटवार्ता गरेकी छन्। त्यस क्रममा मन्त्री भट्टराईले उनलाई मायाको चिनो हस्तान्तरण गरे।
नेपाली महिलाले लगाउने पहिरन ढाकाको चोली र सारीमा सजिएकी टोनीले मिस नेपाल अनुष्का श्रेष्ठ तथा पूर्व मिस नेपाल श्रृंखला खतिवडालगायतसँग सामूहिक तस्बिर पनि सार्वजनिक गरेकी छन्।
बिहिबार मध्यान्ह उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा अवतरण गरेकी हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको निमन्त्रणामा मिस बर्ल्ड सिंहसँगै मिस बर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन्।
मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा सहभागी हुनका लागि नेपालमा निमन्त्रणा गरेको र सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएको बताइएको छ।
उनीहरुले शुक्रबार नै सिन्धुपाल्चोकको हेलम्बु पुगेर मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्ट हिमालय ग्रेट ट्रेल अवलोकन गर्ने र त्यसपछि मकवनपुरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्ने कार्यक्रम रहेको छ।
श्रेष्ठ र खतिवडाले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी विथ पर्पोस’को टाइटिल हात पारेका कारण उनीहरु सो प्रोजेक्ट अवलोकन गर्न उत्साहित रहेको बताइएको छ।
Shares
प्रतिक्रिया