कात्तिक १५ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘मायावी’ को प्रदर्शन मिति सरेको छ। दिवाकर भट्टराई निर्देशित यो फिल्म अब पुस २६ गतेबाट रिलिज हुनेछ।
निर्देशक भट्टराईले प्रदर्शन मिति पोस्टपोन्ड भएको बताउँदै नयाँ मितिबारे जानकारी दिएका हुन्। अब कात्तिक १५ गते तिहारको अवसरमा प्रकाश सपुत र विजय बराल अभिनित ‘पूर्ण बहादुरको सारंगी’ र प्रदीप खड्काको ‘एक्टरस् टेक वन’ मात्रै रिलिज हुनेछन्।
‘हाम्रो नयाँ चलचित्र नरसिंहा को चलचित्रको छायांकन र अन्य विविध कारण ले हाम्रो चलचित्र मायावी यहाँबाट पौष २६ मा पुगेका छौं,’भट्टराईले फेसबुकमा लेखेका छन्।
कात्तिक १५ का लागि सुरूमा दिवाकरले रिलिज मिति घोषणा गरेका थिए। यस फिल्ममा पल शाह र दिपिका पसाईं मुख्य भूमिकामा छन्। लबस्टोरी जनरामा बनेको फिल्ममा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तको लगानी छ।
60
Shares
प्रतिक्रिया