गायक एवम् संगीतकार विनोद बाजुरालीले नयाँ शैलीको गीत ल्याएका छन्।
‘हियारै’ बोलको गीत शुभारम्भ डिजिटल म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा बाजुरालीकै शब्द, स्वर, संगीत र संयोजन रहेको छ। साथै स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्।
नेपाली लोक भाका समिश्रित र दोहोरी ढाँचा रहेको यो गीत नयाँ शैलीको छ। हियारैको अर्थ हृदय हो।
शुभारम्भ डिजिटल म्युजिक प्रालिको प्रस्तुति रहेको गीतको भिडिओमा मौसम हिमालीको निर्देशन रहेको छ। गीतको भिडिओमा देवेन्द्र बब्लु र जुना विश्वकर्माको अभिनय छ।
बाजुराली दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय डेउडासहित लोकदोहोरी गायनमा चर्चित छन्। बाजुरालीले गाएका हुनेवाला जीवन साथी, बाटो लामो रारा, घर मेरो प्रदेश नम्बर सात लगायत रचनाहरू लोकप्रिय छन्।
147
Shares
प्रतिक्रिया