ad ad

कला


राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र मजदुरलाई राहत वितरण

राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र मजदुरलाई राहत वितरण

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ११:१८,

शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराएका छन्।

चलचित्र निर्माता संघ र चलचित्र समन्वय एवं प्रवद्र्धन समिति मार्फत चलचित्र क्षेत्रमा दैनिक श्रम गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुका लागि चामल र दाल सहितको खाद्य सामग्री उपलब्ध गराइएको हो।

राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र क्षेत्रका विभिन्न ८ वटा संगठनहरु मार्फत उक्त राहत सामग्री वितरण गर्न लागिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए। उनले कूल ६ हजार ७ सय ५० किलोग्राम चामल र ८ सय २५ किलोग्राम दाल उपलब्ध भएको बताए।

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लकडाउन गरिएपछि चलचित्र क्षेत्र बन्द भएको र चलचित्र निर्माण समेत प्रभावित भएपछि त्यस क्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेकोले राहतको आवस्यकता परेको अधिकारीले बताए। उनले प्राप्त राहत सामग्री दैनिक श्रम गरेर जीविको पार्जन गर्ने श्रमिकहरुका लागि वितरण गरिने प्रतिवद्धता समेत व्यक्त गरे।

राहत सामग्रीको वितरण आदिवासी जनजाति महासंघमार्फत ४५ बोरा, नृत्य संघमार्फत ४५ बोरा, निर्देशक समाज मार्फत ३० बोरा, ब्लु डाइमण्ड सोसाईटी मार्फत ३० बोरा, चलचित्र प्राविधिक संघ मार्फत ३५ बोरा, चलचित्र द्धन्द्ध कलाकार संघ मार्फत ३५ बोरा, र संगित उत्पादन समाज मार्फत ३५ बोराका दरले हुने अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .