बलिउडका सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ प्रदर्शनमा आएको ५ वर्ष पूरा भएको छ।
यो फिल्ममा सलमानसँगै अर्का एक कलाकारको अभिनय दर्शकको मन-मस्तिष्कमा रहिरहेको छ त्यो हो बालकलाकार मुन्नी अर्थात् हर्षाली मल्होत्राको। उनको वास्तविक नाम हर्षली भए पनि उनलाई मुन्नीकै नामबाट दर्शकहरुले चिन्दै आएका छन्।
सन् २०१५ को बलिउडको सुपरहिट फिल्म बनेको बजरंगी भाइजानमा सुपरस्टार अभिनेतासँग काम गर्नुका साथै भावुक भूमिकाका कारण उनी अहिले पनि दर्शकको मन-मस्तिष्कमा बस्न सफल भएकी हुन्।
उक्त फिल्ममा उनी भारतमा छुटेकी एक बोल्न नसक्ने बालिकाको भूमिकामा देखिएकी थिइन्। उनलाई पाकिस्तानस्थित घरमा पु¥याउनका लागि सलमानले गरेको संघर्षलाई फिल्ममा देखाएको छ। यो फिल्म सलमानको हिट फिल्ममध्येको एक हो।
सन् २००८ मा जन्मिएकी हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्। अहिले उनी १२ वर्षकी भइन्। यो पाँच वर्षमा उनी निकै परिवर्तन भएकी छन्।
हर्षिकाले ३ जुन अर्थात बुधबार आफ्नो जन्मदिन सेलिब्रेट गरिन्। हेरै उनका केही तस्बिर ः
प्रतिक्रिया