दार्जिलिङको खरसाङमा ५ र कालेबुङमा २ गरी कुल ७ जना कोरोना संक्रमित रहेको पुष्टि भएको छ।
खरसाङमा कोरोना संक्रमितमध्ये दुई महिला र तीनजना पुरुष छन्।
दार्जिलिङका जिल्लापाल एस. पन्नामबालमले खरसाङ महकुमा क्षेत्रका ५ जना कोरोना संक्रमित बनेको पुष्टि गरेका छन्। जिल्लापालका अनुसार पाँचैजना बाहिरबाट खरसाङ फर्केका हुन्।
तीनजना दिल्लीबाट फर्केका हुन् भने दुईजनाको यात्रा वृतान्तबारे निश्चित जानकारी पाइएको छैन।
कोरोना संक्रमित पाँचजनामध्ये चारजनाको उमेर ३० या योभन्दा कम छ। यससँगै पछिल्ला केही दिनयता दार्जिलिङमा कोरोना संक्रमण बढ़ेको छ।
हिजै मात्र दार्जिलिङको सोनादा क्षेत्रका एकै परिवारका पाँचजनामा कोरोना संक्रमण पाइएको थियो।
अर्कोतिर दार्जिलिङको कालेबुङ जिल्लामा पनि दुईजना कोरोना संक्रमित रहेको पुष्टि भएको छ।
दार्जिलिङ पहाडमा पहिलाे पटक काेराेना संक्रमण, खरसाङका चार जनामा पुष्टि
प्रतिक्रिया