सलमान खान बाहेक चर्चित निर्देशक करन जोहार, सन्जय लिला भन्साली, भुषण कुमार, एकता कपुर, आदित्य चोप्रा, साजिद नाडियाडवाला तथा निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा परेको हो।
मुद्दामा यी व्यक्तिहरुले सुशान्तलाई आत्महत्या गर्न बाध्य पारिएको उल्लेख गरिएको छ। यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्याएको साथै यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको जनाइएको छ।
टाइम्स अफ इन्डियाका अनुसार बिहारको अदालतमा वकिल सुधिर कुमार ओझाले मुद्दा हालेका हुन्। यस मुद्दामा साक्षीको रुपमा अभिनेत्री कंगना रणावतको नाम उल्लेख गरिएको छ।
हालै कंगनाले बलिउड नातावादले ग्रस्त बनेको तथा कलाको कदर बलिउडमा नभएको बताएकी थिइन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति तोकेको छ।
प्रतिक्रिया