खासगरी अहिले सलमान खान, करण जोहार, सन्जय लिला बन्सालीजस्ता अभिनेता तथा निर्देशकको आलोचना भइरहेको छ।
साथै बलिउड स्टारका छोराछोरी, नातेदार जो बलिउडमा छन् उनीहरुको पनि आलोचना भइरहेको छ।
नातावादका कारण सुशान्त सिंह राजपुतको ६ देखि ७ वटा चलचित्र खोसिएको भारतीय संचारमाध्यमले बताएका छन्।
डिप्रेसनका कारण सुशान्तले आत्महत्या गरेको आशंका गरिएको छ।
— Chetan Bhagat (@chetan_bhagat) November 7, 2015So happy to share @itsSSR will play lead in @mohit11481 directed Half Girlfriend. Shooting begins 1Q16. https://t.co/dUHSVZ2FQ5
हालै सुशान्त सिंहको हातबाट ‘सन्जु’ भन्ने चलचित्र खोसिएको खबर आएको थियो। यतिबेला सुशान्तको हातबाट ‘हाल्फ गर्लफ्रेन्ड’ भन्ने चलचित्र पनि खोसिएको समाचार आएको छ।
हाल्फ गर्लफ्रेन्ड उपन्यासका लेखक चर्चित साहित्यकार चेतन भगत हुन्। उनैले ट्वीटरमा ‘हाल्फ गर्लफ्रेन्ड’का लागि अभिनेताको रुपमा सुशान्त चयन भएको भनेर बधाई नै दिएका थिए।
मानिसहरुले चेतन भगतको सन् २०१५ को सोही ट्वीट यतिबेला भाइरल बनाएका छन् र बलिउडमा हुने गरेको नातावादको विरोध जनाएका छन्।
हाल्फ गर्लफ्रेन्डबाट सुशान्तलाई हटाएर पछि अर्जुन कपुरलाई अभिनेता बनाइएको थियो। अर्जुन कपुर चर्चित निर्माता बोनि कपुरका छोरा हुन्।
केही समय अगाडि अभिनेत्री कंगना रणावतले पनि सुशान्त नेपोटिज्मको शिकार बनेको भन्दै बलिउड भ्रष्ट बनेको आरोप लगाएकी थिइन्। एजेन्सी
प्रतिक्रिया