ad ad

कला


किन घट्दैछन् सलमानसहित बलिउडका यी सेलिब्रिटीका फलोअर्स

किन घट्दैछन् सलमानसहित बलिउडका यी सेलिब्रिटीका फलोअर्स

नेपालखबर
असार १०, २०७७ बुधबार १२:१४,

बलिउडका अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि बलिउडमा परिवारवादका बारेमा भण्डाफोर सुरु भएको छ।

अभिनेत्रीहरु कंगना रनावत र रविना टन्डनसहित केही कलाकारहरुले बलिउड सिने उद्योगमा भएको नातावाद (वंशवाद) को पर्दाफास गरेका छन्।

राजपुतको आत्महत्याको कारणसँग जोडिएका भनेर थप चर्चामा आएका बलिउडका सुपरस्टार अभिनेता सलमान खान, निर्देशक करण जौहर लगायतको सामाजिक सञ्जालमा यसको असरसमेत देखिन थालेको छ।

यही कारणको असर स्वरुप सलमान खान, करण जौहर, अलिया भट्ट, सोनम कपुर र सोनाक्षी सिन्हाको इन्स्टाग्राममा फलोअर्सको संख्या क्रमशः घटदै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो एक हप्तामा सलमानको इन्स्टाग्राममा फलोअर्सको संख्या ३३.९ एमबाट घटेर ३३.४ एममा पुगेको छ। त्यस्तै अभिनेत्री आलिया भट्टको ४८.३ एमबाट घटेर ४७.३ एममा पुगेका छ। अर्की अभिनेत्री सोनाक्षी सिनहाको पनि १८.६ बाट घटेर १८.४ एममा झरेको छ।

त्यस्तै निर्माता करण जौहरका इन्स्टाका ३३० के फलोअर्स घटेका छन् भने अर्की अभिनेत्री सोनम कपुरका पनि १७० के फलोअर्स घटेका छन्।

अभिनेता सुशान्तसिंह राजपुतले जुन १४ मा मुम्बइको बन्द्रास्थित आफ्नै निवासमा झुण्डिएर आतमहत्या गरेका थिए। उनी ६ महिनादेखि डिप्रेसनको शिकार रहेको भारतीय प्रहरीले बताएको छ।

सामाजिक सञ्जालमा राजपुत डिप्रेसनमा जानुको र आत्महत्या गर्नुको कारण बलिउडमा रहेको परिवारवादलाई मानिएको छ। यसैकारण यी कलाकारलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले आफ्नो निशाना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .