नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिनित बलिउड फिल्म ‘यारा’को ट्रेलर सार्वजनिक भएको छ।
नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको ट्रेलरका भक्तपुर दरबार स्क्वायरका क्षेत्रका दृश्यहरु देखाइएको छ।
आफू अभिनित पहिलो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि मरिष्काले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेकी छिन।
मरिष्काले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको उल्लेख गरेकी छिन। उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुशीको क्षण रहेको उल्लेख गरेकी छिन।
जुलाई ३० मा यो फिल्म जी ५ बाट रिलिज हुनेछ। फिल्ममा मरिष्कासँगै विदयुत जामवाल लगायतको अभिनय रहेको छ।
ट्रेलर हेर्नुहोस्
3
Shares
प्रतिक्रिया