ad ad

कला


जब अभिनेत्री करिश्मा कपुरको गाडीमा आएर चितुवा बस्यो

जब अभिनेत्री करिश्मा कपुरको गाडीमा आएर चितुवा बस्यो

नेपालखबर
असार २६, २०७७ शुक्रबार १३:४४,

बलिउड अभिनेत्री करिश्मा कपुरले शुक्रबार इन्स्ट्राग्राममा आफ्नो एक पूरानो सम्झना सार्वजनिक गिरिन।

इन्स्ट्राग्राममा उनले कसरी चितुवासँग फिल्मको सुटिङ गरेको थियो भनि आफ्नो सम्झना लेखेकी छिन। जसमा उनको गाडीमा आएर चितुवा बसेको छ भने उनी बन्दुक समातेर उभिएकी छिन।

फोटोसँगै उनले लेखेकी छिन, ‘यो कम्प्युटरले बनाइएको वा वीएफएक्स हैन। यो म नै हुँ एक सुन्दर चितुवाका साथमा। र, यो अनुभव एकै समयमा मन्त्रमुग्ध बनाउने तथा डरलाग्दो दुवै थियो।’

यतिमात्रै नभएर करिश्माले उक्त फिल्मको अनुमान लगाउन पनि आग्रह गरेकी छिन। उनले उक्त फिल्मको सुटिङ दक्षिण अफ्रिकामा भएको समेत उल्लेख गरेकी छिन।

उक्त तस्बिर करिश्मा र गोविन्दा अभिनित फिल्म ‘शिकारी’को हो। उक्त फिल्म २००० मा सिरिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .