ad ad

कला


भारतीय टेलिसिरियलका चर्चित अभिनेता समीर शर्मा मृत भेटिए, आत्महत्या गरेको आशंका

भारतीय टेलिसिरियलका चर्चित अभिनेता समीर शर्मा मृत भेटिए, आत्महत्या गरेको आशंका

नेपालखबर
साउन २२, २०७७ बिहिबार १४:३९,

भारतका टेलिसिरियलका चर्चित अभिनेता समीर शर्मा मुम्बईस्थित उनको आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरीले उनले आत्महत्या गरेको आशंका गरेका छन्।

४४ वर्षीय कलाकार शर्माले ‘क्योंकि सास भी कभी बहु थी’, ‘कहानी घरघर की’, ‘ये रिश्ते हैं प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए।

एक प्रहरी अधिकारीका अनुसार बुधवार राति उनको फ्यालटमै उनको शव भेटिएको हो।

मलाड प्रहरी स्टेशनका सिनियर इन्स्पेक्टर जर्ज फर्नान्डिजले कुनै सुसाइड नोट भने नभेटिएको बताएका छन्। तर उनले दुई दिनअघि नै आत्महत्या गरेको आशंका गरिएको छ।

उनी बस्ने भवनको चौकीदारले भान्छा कोठाको झ्यालबाट उनको शव देखेपछि वरपरका मानिसलाई खबर गरेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनलाई हतारहतार अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

प्रहरी अधिकारीका अनुसार समीर शर्मा गत फेब्रुअरीदेखि आफ्नो फ्ल्याटमा एक्लै बस्ने गरेका थिए। प्रहरीले के पनि भनेको छ भने उनले परिवारका सदस्यसँग सम्पर्क गर्ने कोसिस गरिरहेका थिए।

sameerrr

इन्स्पेक्टर फर्नान्डिजले भने, ‘हामीले घटनास्थलबाट उनको कुनै सुसाइट नोट फेला पारेका छैनौं। तर पनि यो आत्महत्या नै जस्तो देखिएको छ। उनले २ दिनअघि नै आफूलाई पासो लगाएको अनुमान गरिएको छ। हामीले शव पोस्टमार्टमा लागि पठाएका छौं।’

प्रारम्भिक जानकारीअनुसार एक्सिडेन्टल डेथ रिपोर्ट (एडीआर) दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले आर्थिक पाटोबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ।

मुम्बई प्रहरीले यतिबेला बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युबारे पनि अनुसन्धान गरिरहेको छ। सुशान्त बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए।

समीर शर्माका साथी एवं अभिनेता मनीष वाधनाले यो खबर आफू स्तब्ध भएको बताएका छन्। उनले भने, ‘समीरसँग मैले धारावाहिक ‘इस प्यार को क्यान दूँ’ मा काम गरेको थिएँ। हामी सुटिङमा धेरै रमाइलो गर्थ्याैँ। उनी धेरै समझदार र बौद्धिक व्यक्ति थिए। सुटिङ सकिएपछि पनि हामी सँगसँगै हुन्थ्यौं।’

उनले अगाडि भने, ‘मैले यसबीच उनीसँग धेरैपटक वाट्सएपमा कुरा गरेको थिएँ तर लकडाउन भएपछि उनीसँग कुरा हुन पाएको थिएन। लकडाउन हुनुअघि हामी भेट्ने योजनामा थियौं, तर फेरि लकडाउन भइहाल्यो र उनको मेसेज आउन छाड्यो। आज यस्तो खबर सुन्दा मलाई त विश्वासै लागिरहेको छैन।’बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .