चर्चित अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘पहार’ बोलको गीतको म्युजिक भिडियो प्रियंका कार्कीको आधिकारिक युट्युब पेजमा सार्वजनिक भएको हो।
उक्त गीतका गायक साजन राज वैद्य हुन्। होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप प्रियंकाले समलिंगी महिलाको प्रेम कथा प्रस्तुत गरेकी हुन्।
प्रियंका हाल दुई महिलाबीचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’ को निर्माणमा लागी परेकी छन्।
3
Shares
प्रतिक्रिया