ad ad

कला


‘ढोका’ फिल्ममा कोरोनाको कथा (भिडियो)

‘ढोका’ फिल्ममा कोरोनाको कथा (भिडियो)

नेपालखबर
भदौ २२, २०७७ सोमबार ११:९,

‘बरु बनको बाघले खाओस मनको बाघले नखाओस्।’ यो नेपाली उखानलाई ‘ढोका’ फिल्ममा उतारिएको छ।

विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ‘ढोका’ फिल्म सार्वजनिक भएको छ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ढोका फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन्। नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन्। दिवशले यसमा कलर डिजाइन पनि गरेका छन्।

आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्दशक धितालले बताए।

फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन्। वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार हुन्। बरुणले यश फिल्ममा साउण्ड डिजाईन को पनि काम गरेका छन्।

ढोकालाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ।

यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन्। फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .