ad ad

कला


अक्षयकुमारलाई पनि पछि पार्ने यी हुन् बलिउडका सबैभन्दा ब्यस्त कलाकार

अक्षयकुमारलाई पनि पछि पार्ने यी हुन् बलिउडका सबैभन्दा ब्यस्त कलाकार

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १३:३३,

बलिउडमा सबैभन्दा छिटो र सबैभन्दा धेरै काम गर्ने कलाकारहरूमा पहिलो नम्बरमा पर्छन खिलाडी अर्थात् अक्षयकुमार।

बलिउडमा अक्षय निरन्तर र सयम तालिका मिलाएर काम गर्ने कलाकार मानिन्छ । सामान्यतया जब उसको एक चलचित्र रिलिज हुन्छ, त्यस समयमा उनकाे अर्को चलचित्र रिलिजका लागि पालो पर्खेर बसिरहेको हुन्छ।

सामान्यतया अक्षयका एक वर्षमा ४/५ वटा फिल्ममा काम गरेका हुन्छन्। यस वर्ष पनि ‘सूर्यवंशी’, ‘लक्ष्मीबाई’, ‘बेल तल’, ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’ र ‘अन्तरंगी रे’ जस्ता फिल्महरू प्रदर्शनीको पर्खाइमा छन्।

अक्षय सबैभन्दा व्यस्त अभिनेताका रूपमा देखिँदा देखिँदै अर्का अभिनेता राजकुमार रावको आगामी फिल्महरू हेर्ने हो भने अर्कै दृश्य देख्न सकिन्छ।

राजकुमार रावका याे वर्ष कम्तिमा ८ वटा फिल्म निकट भविष्यमा रिलिजका लागि पालो पर्खिरहेका छन्। यस हिसबले हेर्दा व्यस्ततामा रावले अक्षयलाई पछाडि छाडेका छन्। किनभने अक्षयको एक वर्षमा बढीमा ५ वटा फिल्ममा काम गर्ने गरेका छन् भने रावले त्यसलाई पछाडि पार्दै ८ वटा फिल्ममा काम गर्न भ्याएका छन्।

राजकुमार राव

रावका ८ मध्ये सबैभन्दा पहिलो फिल्म हो ‘लुडो’। जसकाे ‘फस्ट लुक’ पहिले नै सार्वजनिक भइसकेको छ। यो फिल्मको निर्देशन अनुराग बासुले गरेका छन्।

लुडोपछि उनी फिल्ममा ‘छलाङ’मा काम गरेका छन्। यो खेलकुदका विषयमा निर्माण भएको फिल्म हो, जसको ट्रेलरले अहिले चर्चा कमाइरहेको छ। याे फिल्ममा राजकुमारका अलवा नुसरत भरुचा र मोहम्मद जिशानको पनि अभिनय रहेको छ।

त्यस्तै आयुष्मान खुराना स्टारर फिल्म ‘बधाई हो’ को दोस्रो भाग ‘बधाई दो’मा पनि राजकुमार अनुबन्धित भएका छन्। उनको साथमा यो फिल्ममा भूमि पेडनेकरको पनि पनि अभिनय रहेको छ। यस फिल्मको निर्देशन हर्षवर्धन कुलकर्णीले गरिरहेका छन्।

 हालै राजकुमार रावले चण्डीगढमा ‘हम दो हमारे दो’ फिल्मको पहिलो भागको शुटिङ गरे। अभिषेक जैन र कृति सैनन पनि यस फिल्ममा देखा पर्नेछन्।

बहुप्रतीक्षित फिल्म ‘रुही अफ्जा’मा मुख्य भूमिकामा रहेका छन्। जसको नाम बदलेर हालै ‘रुही अफ्साना’ राखिएको छ। हार्दिक मेहता निर्देशित यस फिल्ममा राजकुमारका साथमा जाह्नवी कपुर पनि देखा पर्नेछिन्।

राजकुमार राव

नेटफ्लिक्समा रिलिज हुन गइरहेको ‘द ह्वाइट टाइग’ मा पनि आदर्श गौरव, प्रियंका चोपडाका साथमा राजकुमार पनि महत्वपूर्ण भूमिकामा रहेका छन्।

यसका अलवा राजकुमार ‘चुपके चुपके’ र एक तेलुगु रेमिक फिल्ममा पनि काम गर्न गइरहेका छन्। यी दुबै फिल्ममा अन्य कलाकारको छनौट भने हुन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .