ad ad

समाज


सडक विवादमा दम्पतीमाथि छिमेकीको आक्रमण

सडक विवादमा दम्पतीमाथि छिमेकीको आक्रमण

गोकुल जोशी
कात्तिक २१, २०७७ शुक्रबार १३:३३,

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा सडकको विवादले एक दम्पतीमाथि सांघातिक आक्रमण भएको छ।

सडकको विवादले भीमदत्त नगरपालिका–११ भुजेलास्थित सम्झना टोलका स्थानीय ४५ वर्षीय कासी सार्की र उनकी श्रीमती ४० वर्षीय राधादेवी सार्कीमाथी शुक्रवार आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय देवी सार्की लगायतको समूहले सार्की दम्पतीमाथि आक्रमण गरेको हो। घाइते दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेका सार्की दम्पत्तिको अवस्थामा मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए।

‘सडकको विवादले घरमै रहेको बेला सार्की दम्पतीमाथि छिमेकीबाट आक्रमण भएको छ। उहाँहरुको टाउकोमा चोट देखिन्छ’ डिएसपी थापाले भने, ‘तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछन गरिरहेको छौँ।’

उनका अनुसार सार्की दम्पत्तीमाथी भएको आक्रमणको घटनाको सोधपुछका लागि स्थानीय ५५ वर्षीय देवी सार्की, ४६ वर्षीय राजु सार्की र ५१ वर्षीय मदन सार्कीलाई नियन्त्रणमा लिइएको छ। अझै एक जना फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

‘सडक नहुँदा हाम्रो जमिनबाट देवी सार्कीले टेक्टर लैजानु भयो। बाटो खोल्न जमिन न दिने अहिले हाम्रो जमिन प्रयोग गर्ने भने पछि परिवार नै उल्टेर आएर खुकुरी, पञ्ज जस्ता हतियारले आक्रमण गर्न थाले’ घाइते राधादेवी सार्कीले भनिन्, ‘घरमै बसेका बेला एक्कासी हामीमाथी आक्रमण भएको हो।’

सम्झना टोलका स्थानीय देवी सार्की लगायतको अवरोधले त्यहाँ सडक निर्माण हुन सकेको छैन। महाकाली सिँचाई अन्तर्गत पर्ने टर्सरीको एक छेउबाट सडक बनाउनु पर्ने स्थानीयको माग छ भने देवी सार्की लगायत केहीको त्यसमा आपत्ती छ।

सोही विवादलाई लिएर विसं २०४५ सालदेखि मानिसको बसोबास रहेको सम्झनाटोलमा सडक पुग्न सकेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .