ad ad

कला


बलिउड अभिनेता अर्जुन रामपालको घरमा एनसीबीकाे छापा, बुधबार बयान दिन जानुपर्ने

बलिउड अभिनेता अर्जुन रामपालको घरमा एनसीबीकाे छापा, बुधबार बयान दिन जानुपर्ने

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १:४३,

बलिउड अभिनेता अर्जुन रामपालको मुम्बईस्थित घरमा लागुऔषध अनुसन्धान गर्ने भारतीय निकाय नाकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोमबार छापा मारेको छ।

उनको घरमा खानतलासी गर्र्दै घरमा रहेका मानिससँग एनसीबीले सोधपुछ गरेको भारतयि सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अनुसन्धान क्रममा बलिउडभित्र केही कलाकार लागुऔषधमा संलग्न रहेको सूचना पाएपछि एनसीबीले खानतलासी गरिरहेको छ।

एनसीबीको आधिकारिक सूत्रले सोमबार अर्जुन रामपालको घरमा ८ घण्टासम्म खानतलासी गरेको र उनका मोबाइललगायत इलेक्ट्रोनिक सामान सिज गरेको जानकारी दिएको छ।

साथै अभिनेता अर्जुनलाई बुधबार बयानका लागि कार्यालयमा उपस्थित हुन सूचना पनि जारी गरेको बीबीसी हिन्दीले जनाएकाे छ। 

यसअघि एनसीबीले धेरै कलाकारसँग बयान लिइसकेको छ, जसमा अभिनेत्री दीपिका पादुकोण पनि एक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .