ad ad

कला


यो वर्ष नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल हाइब्रिड हुने

यो वर्ष नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल हाइब्रिड हुने

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ११:११,

नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यो पटक हाईब्रिड हुने भएको छ।

कोभिडका कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी गरेकोले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाईन हुने भएका हुन्।

सरकारको निर्देशन अनुसार नै उद्घाटन र समापन समारोह मापदण्ड अनुसार गरिने फेस्टिभलका अध्यक्ष केपी पाठकले बताए।

त्यसैगरी फेस्टिभलका चलचित्रहरुलाई अनलाईन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने सुविधा हुनेछ।

फेस्टिभलमा आयोजित विभिन्न विषयगत बहसको कार्यक्रम प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाईन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
कोरोनाकै कारण फेस्टिभल नियमित तालिकाबाट सरेको थियो।

भौतिकरुपमा नै कार्यक्रम आयोजना गर्ने तयारी भए पनि महामारीका कारण हाइब्रिड गरिएको पाठकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .