चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा वलिउड निर्देश अनुराग कश्यपले आफ्ना अनुभव बाँड्ने भएका छन्।
आयोजक संस्थाका केपी पाठकका अनुसार निफको चौथो संस्करणको पहिलो दिन वैशाख २३ गते उद्घाटन पछिको सेसनमा अनुरागले आफ्ना अनुभवहरु राख्नेछन्।
निफ वैशाख २३ देखि २७ गतेसम्म भर्चुअल माध्यमबाट हुँदैछ।
यस अघि निफको तेस्रो संस्करणमामा वलिउड निर्देशक प्रकाश झा नेपाल आएका थिए।
अनुराग कश्यप भारतीय चलचित्र उध्योगमा लेखक, निर्माता, अभिनेता र सम्पादकको रुपमा चर्चित छन्।
उनीद्वारा २०१२ मा निर्देशित चलचित्र 'ग्याङ्स अफ वासेपुर' चर्चित छ।
प्रतिक्रिया