सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ। आमाको मुख हेर्ने दिनको छेको पारेर गीतको लिरिकल भिडिओ सर्वाजनिक भएको हो। गीतलाई विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लेखेका हुन्।
यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वर्ल्ड रेकर्डमा दर्ज भएको छ। कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन छ।
नेपाली गीत संगीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित गीत संगीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका हुन्।
3
Shares
प्रतिक्रिया