सामान्यतया कुनै रुख भएको स्थानमा घर बनाउनुपर्यो भने सबैभन्दा पहिला रुख काटिन्छ।
यद्यपि भारतको राजस्थानका एक इन्जिनियरले भने रुखमै आफ्नो घर बनाएका छन्।
राजस्थानको उदयपुरमा बस्ने कुल प्रदीप सिंह नामका इन्जिनियरले सन् २००० मा यस्तै एउटा घर बनाएका थिए। यो घरको चर्चा अहिले पनि हुने गरेको छ।
उनले आँपको रुखमा चार तलाको घर बनाएका छन्। उनको समग्र घर नै रुखमा अडिएको छ। उनले यो घर बनाउँदा एउटा हाँगासम्म पनि काटेका छैनन्।
उनले रुखको आकारअनुसार घरको डिजाइन गरेका छन्। रुखको हाँगालाई नै उनले कतै दराज त कतै सोफा जसरी प्रयोग गरेका छन्।
यो घर रुखमा अडिएको भए पनि यसमा सामान्य घरमा हुनेजस्तो भान्सा, बाथरुम, बेडरुम, डाइनिङ हल, लाइब्रेरीजस्ता सबै सुविधा छ।
आँपको रुखमा बनाइएको घर जमिनभन्दा ९ फिट माथिबाट सुरु हुन्छ र करिब ४० फिटको उचाइसम्म जान्छ। यो घर बनाउन अलिकति पनि सिमेन्ट प्रयोग गरिएको छैन।
कहिलेकाहीँ ठूलो हावा चल्दा यो घर रुखसँगै हल्लिने गरेको सिंह बताउँछन्।
Shares
प्रतिक्रिया