ती म्यासेजले हंगामा नै मच्चायो। हजारौं युवा युवतीहरु भ्रममा परे।
बीबीसीका अनुसार ती म्यासेजहरु भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको दिन पठाइएका हुन्।
आठ महिना अगाडि फेब्रुअरी महिनामा पठाएको म्यासेज बल्ल पाउँदा सबै अचम्मित भएका हुन्।
एप्पल तथा एन्ड्रोइड सबै प्रयोगकर्ताको मोबाइलमा म्यासेजहरु आएका थिए। उनीहरु सबै ‘सिनिभर्स’ टेलिकमको सिमकार्ड प्रयोग गर्दथे।
फेब्रुअरी १४ मा टेलिकममा समस्या निम्तिएपछि उक्त समस्या आएको सिनिभर्सले जनाएको छ।
म्यासेजमा प्रायले प्रेम प्रस्तावहरु राखेको जनाइएको छ। तर प्रेम सम्बन्ध स्थापित भएर पनि ब्रेकअप भइसकेका युवा युवतीहरुमा पनि यस्ता म्यासेज गएपछि उनीहरु भ्रममा परेका हुन्।
प्रतिक्रिया