ह्वाइट भन्ने टापुमा ज्वालामुखी विस्फोट भएको थियो। विस्फोटपछि घाइतेहरुका शरीर जले।
२७ जनाको शरीरको ३० प्रतिशत भाग जलेको छ। केहीको पुरा शरीर नै जलेको जनाइएको छ। हाल उनीहरु अस्पतालमा उपचाररत छन्।
शरीर जलेका पीडितहरुको उपचारको लागि छाला चाहिने मिडिलमोर अस्पतालले जनाएपछि न्युजिल्याण्ड सरकारले अमेरिकाबाट छाला मगाएको छ।
१२ लाख स्क्वाएर सेन्टिमिटर छाला अमेरिकाबाट मगाइएको जनाइएको छ। अमेरिकाबाट मगाइएको छालाले ६० जनाको शरीरलाई ढाक्न पुग्ने बताइएको छ।
यस छालाको सहयोगमा पीडितको उपचार सफल हुने चिकित्सकहरुले बताएका छन्। डेलीमेल
प्रतिक्रिया