ad ad

रोचक


बैंक लुटेर एक व्यक्तिले हावामा उडाए पैसा

बैंक लुटेर एक व्यक्तिले हावामा उडाए पैसा

नेपालखबर
पुस ९, २०७६ बुधबार ६:४९,

अमेरिकाको कोलोराडोमा एक व्यक्तिले बैंक लुटेर पैसा क्रिसमसको ‘उपहार’ स्वरुप अरुलाई दिएका छन्।

क्रिसमसको दुई दिनअघि कोलोराडो स्प्रिङ्सस्थित एकेडेमी बैंक बैंक लुटेका ती व्यक्तिले बाहिर निस्केर पैसा मानिसहरुको माझमा छरिदिएका थिए। त्यसपछि उनी ‘मेरी क्रिसमस’ भनेर चिच्याउँदै गायब भएका थिए।

‘उनले बैंक लुटे, बाहिर निस्के, झोलाबाट निकालेर पैसा छरिदिए, त्यसपछि मेरी क्रिसमस भनेर चिच्याए,’ एक प्रत्यक्षदर्शी महिलाले भनेकी छन्।

फुलेको दारी भएका ती व्यक्तिको त्यसपछि नजिकैको स्टारबक्स कफीमा गएर प्रहरीलाई पर्खी बसेका थिए।

उनले उडाएको पैसा मानिसहरुले बटुलेर लगेको प्रहरीको भनाइ छ।

ती व्यक्तिको नाम डेविड वायन र उमेर ६५ वर्ष भएको प्रहरीले जनाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .