लाथोरालाई आफ्ना साथीको ठेगाना थाहा थियो। अनलाईन गेम कुराकानी गर्दै खेलिरहँदा एइडन ज्याक्सन बेहोस भएका थिए।
खबर पाएपछि प्रहरी तुरुन्तै एइडनको घरमा पुग्न सफल भयो। आफ्ना छोरा बेहोस भएको विषयमा एइडनका बुबा आमालाई थाहै थिएन।
प्रहरी एम्बुलेन्ससहित एइडनको घरमा पुगेपछि इइडनको ज्यान जोगियो। डिया लाथोराले ८ हजार किलोमिटर टाढाबाट आफ्ना साथी एइडन बेहोस भएको खबर प्रहरीलाई सुनाएका थिए।
एइडनका आमा क्यारोलिया र बुबा स्टिभ ज्याक्सनका अनुसार छोरालाई सिजर डिसअर्डर रोग लागेको छ। यस रोग मस्तिष्कसँस सम्बन्धित रोग हो।
आकस्मिक बेहोस बनाउने यस रोगको समयमै उपचार भएन भने विरामीको मृत्यु समेत हुनसक्छ।
क्यारोलिना र स्टिभले त्यति टाढाबाट प्रहरीलाई खबर गरेकोमा छोरा एइडनका साथी डिया लाथोरालाई धन्यवाद दिएका छन्। बीबीसी
प्रतिक्रिया