ad ad

रोचक


१९ वर्षसम्म प्रहरीको जागिरे थिए हत्यारा, अन्ततः यसरी पक्राउ परे!

१९ वर्षसम्म प्रहरीको जागिरे थिए हत्यारा, अन्ततः यसरी पक्राउ परे!

नेपालखबर
माघ २१, २०७६ मंगलबार १०:४७,

प्रहरीको सेवामा प्रवेश गरेको १९ वर्षपछि ती प्रहरी हत्यारा भएको पत्ता लागेको हो।

समाचार संस्था पीटीआईका अनुसार सन् १९९७ मा एक व्यक्तिको हत्यामा मुकेश कुमार संलग्न थिए।

पन्तनगर पुलिस चौकीमा मुकेशविरुद्ध हत्या अभियोगको उजुरी दर्ता भएको थियो। त्यसयता प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

सन् २००१ मा मुकेश प्रहरी सेवामा भर्ती भए। उत्तराखण्ड प्रहरीले मुकेशको खोजी गरिरहँदा उनी पनि हत्यारा खोजीमा हिँडेका थिए।

त्यसबेला कसैले चाल पाएन कि उनी नै हत्यारा हुन्। प्रहरी सेवामा प्रवेश गर्दा फारममा उनले आफ्नो ठेगाना गलत भरिदिएका थिए।

करिब २२ वर्ष पहिले गरेको हत्यामा अन्तत मुकेशले सजाय पाउने भएका छन्।

मुकेशलाई चिन्ने कुनै व्यक्तिले एसएसपी अल्मोडालाई मुकेश हत्यारा हुन् भन्ने सूचना दिएपछि एसएसपी अल्मोडाकै नेतृत्वमा मुकेश पक्राउ परेको जनाइएको छ।

अनुसन्धानका क्रममा मुकेशले आफू हत्यारा भएको स्वीकार गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .