ad ad

रोचक


११ महिनाको भारतीय शिशु रातारात करोडपति बनेपछि...

११ महिनाको भारतीय शिशु रातारात करोडपति बनेपछि...

नेपालखबर
माघ २३, २०७६ बिहिबार १०:३२,

एक जना भारतीय बच्चा रातारात करोडपति बनेका छन्। गल्फ न्युजका अनुसार ११ महिनाका मोहम्मद सालाह नामका शिशुले दुवईमा १० लाख अमेरिकी डलरको चिठा जितेका हुन्।

नेपालीमा विनिमय गर्दा उक्त रकम भनेको करिब ११ करोड ४१ लाख हुन आउँछ। मोहम्मद यही फेब्रुअरी १३ मा १ वर्षका हुँदै छन्। मोहम्मदका ३१ वर्षीय बाबु रामीस रहमानले उनको नाममा चिठा खरिद गरेका थिए। रहमान आबुधाबीमा एउटा कम्पनीमा एकाउन्टेन्ट काम गर्छन्।

उनले भने, ‘मैले छोराको नामा चिठा किनेको थिएँ। ऊ धेरै भाग्यमानी छ। यो ठूलो जित हो।’ उनले त्यति धेरै पैसा कहाँ खर्च गर्ने भन्ने नसोचेको बताए। ६ वर्षयता उनी आबुधाबीमा बस्दै आए पनि मूल थातथलो भने भारतको केरला हो। दुवईको ड्युटी फ्रि चिठा कार्यक्रममा उनी विगत १ वर्षयता सहभागी हुँदै आएको उनले बताए। उनले १३१९ नम्बरको टिकट काटेका थिए, सोही नम्बरमा १० लाख डलर प्राप्त भएको हो।

उनले आफ्नो छोराको भविष्य निकै उज्ज्वल रहेको जानकारी दिए। तर उनले छाेराकाे तस्बिर खिचाउन भने नमानेकाे समाचारमा जनाइएकाे छ। उक्त चिठा कार्यक्रममा एक ३३ वर्षीय इरानीले मर्सिडिज बेन्ज एस५६० कार जितेकी छिन्। उनी एक उद्यमी महिला हुन्।

एक जना भारतीय शिशु रातारात करोडपति बनेका छन् । केरलामा बस्ने मोहम्मद सालाह मात्र ११ महिनाका हुन् तर उनी रातारात करोडपति बन्न पुगेका छन् । आउँदो फेब्रुअरी १३ मा १ वर्ष पुग्नलागेका उनलाई दुवईमा ७ करोडको चिठा परेको मिडियाहरुले जनाएका छन् । कसरी मोहम्मदलाई उक्त चिठा प(यो भन्ने जिज्ञासा हुनसक्छ । शिशुका बुबाका अनुसार उनले छोराको नाममा चिठा खरिद गरेका थिए । सोही चिठाले उनलाई करोडपति बनाइदिएको हो । उनले उक्त रकम के गर्ने भन्ने नसोचेको बताए ।

गल्फ न्युजका अनुसार बच्चाका बाबु रहमान पछिल्लो ६ वर्षयता दुवईमा रहँदै आएका थिए । उनले काटेको टिकट नम्बर १३१९ र श्रेणी ३२३ रहेको थियो । रहमानले आफ्नो बच्चाको भविष्य उज्वल रहेको जानकारी दिए । उक्त चिठामा दुवईमै बस्ने इरानका ३३ वर्षीय शागहयेग अटरजादेह पनि छन् । उनले मर्सिडिज बेन्ज जितेको बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .