भारतमा उडिरहेको विमानको शौचालयमा एक यात्रु एक घण्टा थुनिनपुगेका छन्।
मुम्बईबाट बेंग्लोर उडिरहेको स्पाइसजेटको शौचालय गएका एक यात्रु ढोका ‘लक’ भएपछि १ घण्टा बढी थुनिएको बीबीसीले जनाएको छ।
१०५ मिनेटको उक्त यात्राका क्रममा थुनिएका ती यात्रुलाई विमान अवतरण गरेपछि उद्धार गरिएको थियो।
स्पाइसजेटले उक्त घटनामा क्षमायाचना गरेको छ। थुनिएका यात्रुबारे भने कम्पनीले थप विवरण खुलाएको छैन।
यात्रु थुनिएपछि क्रुमेम्बरले उनलाई आवश्यक सहयोग गरेको कम्पनीको भनाइ छ।
312
Shares
प्रतिक्रिया