ad ad

रोचक


भाइरल भए ‘मिनी केजरीवाल’

भाइरल भए ‘मिनी केजरीवाल’

नेपालखबर
माघ २८, २०७६ मंगलबार १४:२६,

आम आदमी पार्टी र त्यसका नेता अरविन्द केजरीवालका लागि मंगलबार खुबै फलिफाप भयो। विधानसभा चुनावको नतिजा सार्वजनिक भएको दिन केजरीवालको पार्टीले अत्यधिक बहुमत हासिल गर्‍यो।

तर, सामाजिक सञ्जालमा धेरै मानिसको मन भने ‘मिनी केजरीवाल’ले चोरेका छन्।

मुख्यमन्त्री केजरीवाल प्रायः स्वेटर र मफलरसहित देखिन्छन्। मंगलबार बिहान उनकैजस्तो भेषभुषामा एक बालकको तस्बिर सामाजिक सञ्जालमा देखियो। आप लेखिएको टोपी, मफलर, मसीको जुँगा र चश्मासहित देखिएका उनको तस्बिर भाइरल बन्न पुग्यो।

_6e0e6b6a-4cbb-11ea-a16c-785555db2321.jpeg

आपको आधिकारिक ट्विटर ह्यान्डलले नै सो तस्बिरमा ‘मफलरम्यान’ लेखेर ट्विटरमा पोस्ट गरेको थियो। हालसम्म सो तस्बिरले २३ हजार लाइक पाइसकेको छ।

दिल्लीका जनताको मतादेश पाएसँगै केजरीवाल अर्को पाँच वर्षका लागि मुख्यमन्त्री बन्ने पक्का भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .