ad ad

रोचक


कोरोनाभाइरसको त्रासपछि धमाधम पैसा धुँदैछन् चिनियाँ बैंक

कोरोनाभाइरसको त्रासपछि धमाधम पैसा धुँदैछन् चिनियाँ बैंक

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १२:९,

बैंकहरुले पैसालाई धुन थालेका छन् भने कोरोनाको संक्रमण भएको अनुमानित पैसाका नोटहरु नष्ट गरेका छन्।

पैसाबाट कोरोना फैलनसक्ने आशंकाबीच हालै पैसालाई कोरोनाभाइरस मुक्त बनाउन चीनको पिपुल्स बैंक अफ चाइनाले नयाँ रणनीतिक सार्वजनिक गरेको हो।

मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म ७३ हजार ४२८ जनामा कोरोनाको संक्रमण देखिएको छ। १८७३ जनाको मृत्यु भइसक्दा हालसम्म १२ हजार ६७७ उपचारपछि स्वस्थ बनेका छन्।

चीनको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस २५ भन्दा बढी मूलुकमा देखिएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस मानिसबाहेक जमीनमा पनि घन्टौंसम्म बाँच्ने बताएपछि यतिबेला चीनका घरहरुमा, लिफ्टहरुमा सबैतिर भाइरसविरुद्धको औषधी छर्कन थालिएको छ।

यसबीचमा कोरोना संक्रमितले छोएको पैसामा पनि कोरोना घन्टौंसम्म रहनसक्ने आशंकाबीच चिनियाँ बैंकहरुले पैसा धुना थालेका हुन्।

चीनको केन्द्रीय बैंकको नियमअनुसार चीनका प्रत्येक बैंकले अब सबै पैसालाई राम्रोसँग धुनुपर्नेछ, त्यसपछि भाइरस मासिने गरी चर्को तापक्रममा पैसा ७ देखि १४ दिनसम्म राख्नुपर्नेछ।

यी प्रक्रियाहरु पुरा गरेपछि मात्र बैंकहरुले पैसा सर्वसाधारणको लागि प्रयोगमा ल्याउन पाउनेछन्। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .