सिंहले चितुवालाई आक्रमण गरेर मार्दछ। तर भारतको गुजरात राज्यस्थित गिर राष्ट्रिय निकुञ्जमा एक सिंहले चितुवाको डमरुलाई आफ्नै बच्चा जसरी हुर्काइरहेको छ।
दुई महिना अगाडि जन्मिएको चितुवाको डमरुलाई सिंहले अपनाएपछि मानिसहरु यतिबेला चकित बनेका छन्।
आफ्नो बच्चालाई जसरी नै उक्त सिंहले चितुवाको डमरुलाई हुर्काएको निकुञ्जका अधिकारीहरुले बताएका छन्।
अन्तर्राष्ट्रिय संचारमाध्यममा नै यो विषय समाचार बनेको छ। यस समाचारसँगै एक तस्बिर पनि भाइरल बनिरहेको छ।
मानिसहरुले उक्त तस्बिरमा प्रतिक्रिया जनाउँदै त्यस तस्बिरले ‘आमाको माया’लाई दर्शाउने बताइरहेका छन्। एजेन्सी
प्रतिक्रिया