फुटबल खेल संचालन गर्दा त्यहाँको सरकारले कोरोनाविरुद्धको उपाय अपनाउन भनेका छन्।
क्लबले दर्शकविहिन खेल गराउनु पर्नेछ भने खेलाडीले टाढैबाट सेलेब्रेसन गर्नुपर्नेछ।
यसबीचमा कोरियामा भएको एक फुटबल खेलमा पनि दर्शक थिएनन्। तर दर्शकविहिन फुटबल रोमान्चक नहुने भएपछि एफसी सोल फुटबल क्लबले दर्शक बस्ने स्थानमा सेक्स डल राखिदिए।
जब फुटबल समर्थकले दर्शक बस्ने स्थानमा सेक्स डल देखे उनीहरुले यस कार्यको चर्को आलोचना गरिरहेका छन्।
मानिसहरुले यस विषय नैतिकहिन कार्य भएको बताएका छन्। पोर्नोग्राफी कोरियामा प्रतिबन्ध गरिएको छ।
तर ती सेक्सडलमा पोर्न साइटको वेबसाइटहरु टाँसिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। एफसी सोलले यस विषयमा माफी मागेको छ।
आइतबारबाट के लिगमा फुटबल खेलहरु सुरु भएका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया