गत बुधबार ओरिजन राज्यको अल्बानिमा दुईवटा मुहार भएको बिरालो जन्मिएको हो।
काइल र बिजे किङ दम्पत्तिले पाल्दै आएको पोथी बिरालोले ६ वटा बच्चा जन्माएको थियो। तीमध्ये एक बिरालोको मुहार दुईवटा छ।
वैज्ञानिक भाषामा दुईवटा मुहार भएको बिरालोको बच्चा जन्मनुलाई डिप्रोस्पस अथवा कार्नियल डुप्लिकेशन भनिन्छ।
विज्ञहरुका अनुसार यस्ता बच्चा कमै मात्रामा जन्मन्छन्। हाल विश्वभर यस बिरालोको भिडियो र फोटो निकै चर्चामा छ।
मानिसहरुले उक्त बिरालो खरिद गर्ने भनेर फोन र म्यासेन गरेको काइल र बिजे किङ बताउँछन्।
यद्यपी उनीहरु आफैंले उक्त बिरालो पाल्ने जनाएका छन्।
भिडियो
3
Shares
प्रतिक्रिया