ad ad

रोचक


अचम्मको विवाहः सीमा पार गर्दा क्वारेन्टिन बस्नु पर्ने भएपछि सिमानामै विवाह

अचम्मको विवाहः सीमा पार गर्दा क्वारेन्टिन बस्नु पर्ने भएपछि सिमानामै विवाह

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १२:२८,

एक राज्यबाट अर्को राज्यमा जान प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धबीच अर्को राज्यमा पुगे जो कोहीले १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ।

यसबीचमा एउटा विवाह केरला र तामिल नाडुको सिमानामा सम्पन्न भएको छ।

बेहुला र बेहुलीका परिवारले एक राज्यबाट अर्को राज्यमा जाँदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएपछि उक्त विवाह सिमानामा गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

बेहुला रोबिनसन र बेहुली प्रियंकाले सिमानामा विवाह गरिरहँदा बेहुला बेहुलीका परिवार पनि त्यहीँ थिए।

सबैले स्यानिटाइजर समय समयमा लगाइरहेका थिए। विवाहमा मास्क पनि अनिवार्य गरिएको थियो। कोरोनाको खतरा भएकाले उक्त विवाहमा धेरै मानिस बोलाइएको थिएन। 

पुरोहित बिना नै विवाह गरिएको थियो। सकडले सिमाना छुट्याउने भएकाले उक्त सडकमा म्याट राखिएको थियो जहाँ बेहुला र बेहुली राखिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .