तान्जानाइट नामक बहुमूल्य दुईवटा पत्थर फेला पारेपछि तान्जानियाका एक सामान्य नागरिक सानिनिउ लाइजर रातारात करोडपति बनेको बीबीसीले जनाएको छ।
यो हाल फेला परेको अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट भएको बताइएको छ।
कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेको बताइएको छ।
लाइजरले करोडौं प्राप्त गरेपछि भोज खुवाउने बताएका छन्। उनले गरिब परिवारका लागि विद्यालय खोल्ने इच्छा भएको समेत बताएका छन्।
तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ। एजेन्सी
प्रतिक्रिया