ad ad

रोचक


बहिनी बचाउन ६ बर्षका बालक भिडे कुकुरसँग, घाइते उनको शरीरमा लगाउनु पर्‍यो ९० टाँचा

बहिनी बचाउन ६ बर्षका बालक भिडे कुकुरसँग, घाइते उनको शरीरमा लगाउनु पर्‍यो ९० टाँचा

नेपालखबर
साउन १, २०७७ बिहिबार ९:२२,

बालक ब्रिजर वाल्करले गत जुलाई ९ मा जर्मन सेपहर्ड कुकुरसँग भिडेको सीएनएनले जनाएको छ।

बहिनीलाई आक्रमण गर्न थालेपछि ब्रिजर कुकुरसँग भिडेका थिए। उनी आफ्नो बहिनीलाई बचाउन सफल भए। आफू पनि जोगिए।

यद्यपी उनी घाइते भने भएका छन्। कुकुरले टोक्दा ब्रिजरका शरीरमा चोटहरु लागेको छ। डाक्टरहरुले ब्रिजरको घाउ सर्जरी गर्न २ घण्टा लगाएको बताइएको छ।

उनको शरीरमा ९० वटाभन्दा बढी टाँचा लगाइएको छ। हाल उनको अवस्था समान्य छ।

यस घटना सार्वजनिक भएसँगै ब्रिजरको बहादुरीको चर्चा अमेरिकाभर सुरु भएको छ। बहिनीलाई ब्रिजरको मायाँ निस्वार्थ र स्वच्छ भएको भनेर प्रतिक्रियाहरु आइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .