ad ad

रोचक


जर्मनीमा हप्तौसम्म जुत्ता र चप्पलहरु हराए, अन्ततः स्यालले झाडीमा थुपारेको देखियो!

जर्मनीमा हप्तौसम्म जुत्ता र चप्पलहरु हराए, अन्ततः स्यालले झाडीमा थुपारेको देखियो!

नेपालखबर
साउन १७, २०७७ शनिबार ७:२१,

जुत्ता र चप्पलहरु हराएपछि जेलेनडोर्फका मानिसहरुले आफ्ना सामानहरु चोरी भएको आशंका गरेका थिए।

उनीहरुले प्रहरीमा पनि उजुरी दिए। तर अन्ततः चप्पल र जुत्ताहरु चोरी गर्ने मानिस नभएर स्याल भएको पुष्टि भयो।

एक व्यक्तिले आफ्नो चप्पल हराएपछि खोजीगर्दा उक्त चप्पल स्यालले मुखले च्यापेर लग्दै गरेको देखे र त्यसको तस्बिर खिचे।

पछि स्यालले उक्त क्षेत्रका मानिसहरुको जुत्ता र चप्पल झाडीमा थुपारेको देखियो। फेलिक्स ह्याकनब्रचले स्यालको फोटो ट्वीट गरेपछि यतिबेला यस विषय चर्चामा आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .