ad ad

रोचक


कोरोना भाइरस मार्न भन्दै जब पैसालाई ‘ओभन र वासिङ मेसिन’मा हालियो!

कोरोना भाइरस मार्न भन्दै जब पैसालाई ‘ओभन र वासिङ मेसिन’मा हालियो!

नेपालखबर
साउन १८, २०७७ आइतबार ८:४४,

यस कार्यबाट उनीहरुले ठूलो क्षति व्यहोर्नु परेको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन्।

राजधानी सोलनजिक आनसन शहरमा बसोबास गर्दै आएका एक व्यक्तिले ५० हजार वनका अनगिन्ती नोटहरु वासिङ मेसिनमा हालेर धुन खोजेका थिए।

तर उनका पैसाहरु धुने क्रममा च्यातिए, टुक्राटुक्रा भए। उनले बैंकमा गएर पैसा साट्न खोजे।

नियम अनुसार पैसाका अंकहरु नच्यातिएका पैसाहरु मात्र साटिए त्यो पनि आधा मूल्यमा, जसका कारण उनले सबै पैसा बराबर मात्र १९ हजार ३२० अमेरिकी डलर प्राप्त गरे। कोरोनाबाट बच्न वासिङ मेसिनमा पैसा धुँदा आफूले ठूलो घाटा व्यहोरेको उनी सुनाउँछन्।

द बैंक अफ कोरियाका अनुसार सर्वसाधारणले कोरोना भाइरस मार्ने भन्दै धेरै पैसाहरु ओभनमा पनि हालेका छन्।

जसका कारण पैसाहरु डढेका छन्। डढेका पैसा साट्न पनि मानिसहरु बैंक आउने गरेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .