ad ad

रोचक


विनोदः एउटा यूटुयुब कमेन्ट कसरी अपत्यारिलो तरिकाले भाइरल बन्यो?

विनोदः एउटा यूटुयुब कमेन्ट कसरी अपत्यारिलो तरिकाले भाइरल बन्यो?

नेपालखबर
साउन २४, २०७७ शनिबार ८:३७,

सामाजिक सञ्जालमा जतिखेर पनि जे पनि ट्रेन्डिङमा आउँन सक्छ। त्यसकै पछिल्लो उदाहरण बनेको छ, #विनोद।

खासगरी भारतीय यूटुयुबर र ट्विटर प्रयोगकर्तामाझ यो ट्रेन्डिङमा छ। #विनोदमा हजारौं मान्छेहरुले विभिन्न मिम बनाइ सार्वजनिक गरेका छन।

मुम्बई पुलिसले पनि #विनोदमा लेखेको छ, ‘प्रिय #विनोद, हामी आशा गर्छौ तपाईको अनलाइन पासवर्ड तपाईको नाममा छैन। यो भाइरल भइरहेको छ, अहिले नै परिवर्तन गर्नुस!

No description available.

यस्तै भारतीय चर्चित इ कमर्स पे–मेन्ट सिस्टम पे टिएमले पनि आफ्नो नाम परिवर्तन गर्दै विनोद राखेको छ।

उत्तर प्रदेश पुलिसले पनि विनोद, तपाईले सबैको ध्यान खिच्नुभएको छ, कृपया मास्क लगाउनुहोला भनेर ट्विविट गरेको छ।

कसरी ट्रेन्डिङमा आयो?
सेल्ली प्वाइन्ट नामको युटुयुब च्यानलबाट यो सुरु भएको थियो। उक्त युटुयुब च्यानलका सञ्चालकहरु अभ्युदया र गौतमीले युटुयुब भिडियोमा आउने कमेन्टहरुलाई लिएर एक भिडियो बनाएका थिए।

उक्त भिडियोमा उनीहरुले एक अर्को विनोद थारु नामको यूटुयुब च्यानल सञ्चालकले भिडियोको कमेन्ट सेक्सनमा मात्रै ‘विनोद’ लेखेको देखाए। त्यही ‘विनोद’ मात्रै लेखिएको कमेन्टमा पनि सात जनाले लाइक हानेका थिए।

अभ्युदया र गौतमीले मानिसहरुले भिडियोमा अनावश्यक रुपमा जे पायो त्यही कमेन्ट गरेको थुप्रै उदाहरणहरु रमाइलो पारामा देखाएका छन।

उनीहरुले आफ्नो भिडियोमा विभिन्न प्रश्न राख्छन, जसको जवाफमा एउटै शब्द दोहोर्याउँछन, विनोद, विनोद।

त्यसपछि एकाएक थुप्रै भारतीय यूटुयुब च्यानलको कमेन्ट सेक्सनमा विनोद, विनोद लेखिएका कमेन्टहरु आउँन थाल्छन। जुन पछि ट्रेन्डिङ बन्न पुग्छ।

त्यही विनोदलाई विभिन्न मिम मार्फत ट्विटरमा पनि सार्वजनिक गरिन थालिन्छ  र ट्विटरमा पनि यो ट्रेन्डिङ बन्न पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .