किनभने कोरोना प्रकोपका कारण सबै अन्तर्राष्ट्रिय उडान बन्द छन्। घरेलु उडान केही देशमा सुचारु भइसके भने केहीमा अझै ठप्प छन्।
यद्यपी कोरोना प्रकोपले गर्दा धेरै मानिसले विमानमा यात्रा गर्न पाएका छैनन्, आफूलाई मन लागेको स्थानमा घुम्न जान पाएका छैनन्।
सँधै घरमै बस्दा मानिसहरुलाई उकुसमुकुस भइसकेका छन्। यसबीचमा अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक ‘कन्टास’ एयरलाइन्सले एउटा रमाइलो योजना ल्याएको छ।
यस योजनाको अर्थ अस्ट्रेलियाका नागरिकलाई कोरोना प्रकोपबीच तनावमुक्त, उकुसमुकुसमुक्त बनाउनु हो।
कन्टासले कहीँ पनि नपुगिने ७ घण्टे उडानको योजना ल्याएको हो। आगामी अक्टोबर १० मा कन्टासले सिड्नीबाट ७ घण्टाका लागि उडान भर्नेछ।
विमानले यात्रुलाई आकाशमै घुमाएर फेरि सिड्नीमै ओह्राल्नेछ। सो क्रममा विमान अलुरु, काटा जुटा, द विटसन्डेज, गोल्ड कोस्ट, बाइरन बे र सिड्नी हार्बोरमाथि उड्नेछ।
कन्टासले यसै उडानका लागि हालै १३४ सिटका लागि टिकट बुकिङ पनि खुलाइएको थियो। तर टिकट बुकिङ खुलेको १० मिनेटमै सबै टिकटहरु बुक भइसकेको सीएनएनले उल्लेख छ।
टिकटका मूल्यहरु ७८७ अस्ट्रेलियन डलरदेखि ३७ सय ८७ डलरसम्म तोकिएको थियो। तर यतिबेला सबै टिकट बुकिङ भइसके।
कन्टासले इतिहासमै पहिलोपटक यति चाँडै टिकट बुकिङ भएको जनाएको छ।
प्रतिक्रिया