ad ad

रोचक


मान्छेको ज्यान बचाउने मुसालाई गोल्ड मेडल

मान्छेको ज्यान बचाउने मुसालाई गोल्ड मेडल

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १२:३५,

कम्बोडियामा ल्यान्ड माइन पत्ता लगाएर मानिसको ज्यान बचाएकोमा एउटा मुसालाई स्वर्ण पदक दिइएको छ।

पिपुल्स डिस्पेन्सरी फर सिक एनिमल्स (पीडीएसए) नामक बेलायती संस्थाले मागावा नामक सो मुसालाई नायकको उपाधि दिएको हो।

लामो समय द्वन्द्वमा फसेको कम्बोडियामा दशौँ लाख ल्यान्डमाइन बिछ्याइएका थिए। त्यस्ता बम पड्किँदा सालैपिच्छे दर्जनौँ मानिस मारिने र घाइते हुने गर्छन्।

ती बम हटाउन कम्बोडियाले अझै विदेशी सहयोग लिइरहेको छ। तर, यो निकै जटिल काम हो।

मागावालाई विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउने तालिम दिइएको थियो।

magawa-hero-rat-_35_1.jpg

मान्छेले टेक्नेबित्तिकै त्यस्ता बम विस्फोट हुन्छन्। तर, मुसाको तौल कम भएकाले बम टेकेपनि पड्किँदैन।

मागावाले गत सात वर्षमा ३९ वटा ल्यान्डमाइन र २८ वटा विस्फोट नभएका बम फेला पारेको थियो। सो क्रममा उसले ३५ एकड जमिन जोखिमरहित बनाउन भूमिका खेलेको थियो।

मागावा अफ्रिकन जायन्ट पाउच्ड प्रजातिको मुसा हो र यसलाई तालिम दिन पनि सजिलो हुने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .